सामाजिक सुरक्षा कोषको सञ्चालकमा चार्टर्ड एकाउन्टेन्ट राजनसिंह भण्डारी नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं। सामाजिक सुरक्षा कोषको सञ्चालकमा चार्टर्ड एकाउन्टेन्ट राजनसिंह भण्डारी नियुक्त भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई मंसिरको पहिलो साता नै सञ्चालकमा नियुक्त गरेको हो ।

भण्डारी सिटिजन्स बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत ९सिइओ० समेत हुन् । सिटिजन्स बैंकको स्थापनादेखि सिइओ भएका भण्डारी बैंकको अध्यक्षसमेत थिए । उनी केही समय अघि मात्रै बैंकको अध्यक्ष पदबाट बाहिरिएका हुन् ।

नेपाल बैंकर्स संघको अध्यक्षसमेत भइसकेको भण्डारी नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी पनि हुन् । सामाजिक सुरक्षा कोषको सञ्चालकमा नियुक्त भण्डारीसँग बैंकिङ क्षेत्रमा लामो समयको कार्यानुभव रहेको छ ।